???

in #nepali6 years ago

आज ऐना अगाडि उभिएर हेरे,
एकोहोरो हेरिरहे,
मन्द मुस्कान मार्फत मेरा दन्ते लहर फिजाउदा
ऐनाले गिज्ज्याएको जस्तो लाग्यो,
फेरि आज मेरा भावना पोख्ने विचार जाग्यो...

कत्ति त म खुसी छु भन्ने भ्रममा छन्,
अनि म चै सधैं त्यही भ्रममा मगन,
अरुको अगाडि हसीली म भित्रभित्रै टुटेको देख्दा
दु:खको तीतो वेगले हान्यो,
फेरि मेरा गरुङ्गा आसु आँखाले धान्यो...

समाज र आफन्तको लागी ज्ञानी मान्छे म,
कसलाई थाहा मेरा सपनाहरू हुँदै थिए भस्म,
मन नलागे पनि मौन रहि रटन्ते विध्या रट्दा
आफ्नै अगाडि जिन्दगीले ठगिहाल्यो,
फेरि आज उमृएका आश मरिहाल्यो...

गल्ती म आफु हुनुमा थियो?
या म निडर हुनुमा थियो?
यो प्रस्नको उत्तर नभेट्दा
सोचाइमा सीमित मेरो मन गल्यो,
फेरि आज मेरो आत्मबल ढल्यो...

Coin Marketplace

STEEM 0.04
TRX 0.33
JST 0.098
BTC 64659.87
ETH 1856.65
USDT 1.00
SBD 0.38