पूर्णसभ्यता

in #sanatan15 days ago

जीवन मा पहिलो पटक लेख्दै छु.. मैले आफूलाई धार्मिक रूपमा चिनाउँदा मानव धर्म मान्छु भन्थे। समाजमा चलेका यी धर्म , सम्प्रदायप्रति मलाई खासै वास्ता थिएन, विगत १० वर्षका फुर्सद समयमा पुस्तक अध्यान गर्ने क्रममा हिन्दु सम्प्रदायहरूको ग्रन्थ (कथित " हिन्दु धर्म " ) अध्ययन गरे (गर्दै छु) | वेद, वेदान्त, पुराण अध्ययन गरे र मनन पनि गरे , मलाई त अचम्म लाग्यो ,! " मैले त यस पौराणिक ग्रन्थहरूमा कहीँ पनि धर्म भेटिन, विभेद भेटिन ! ,यहाँ त मात्र जीवन दर्शन र एउटा "पूर्ण मानव सभ्यता" भेटे, न यहाँ कुनै धर्म छ न विभेद मात्र चाह (खोजी) परमतत्त्वको, सम्पूर्ण सभ्यता नै सत्यको खोजीमा मस्त, जो सुकैले जुन सुकै ईश्वर मानौं कसैलाई रोकतोक नै थिएन सबैलाई वोध थियो, पुग्ने ठाउँ एउटै हो, जुन बाटोबाट गएपनि, त्यो आ आफ्नो प्रारब्ध |
पूर्ण मानव सभ्यताको वंशज़ हामी विगत दुई हजार वर्षदेखि धरतीको अर्को गोलार्धमा विकसित हुँदै गरेको मानव सभ्यताले (विकासशिल) हाम्रो " पूर्ण सभ्यता" मा धेरैपटक भौतिक हमला गरी यो सभ्यतालाई नष्ट गर्ने नियोजित प्रयास भए र र भइनैरहेको छ, पछिल्ला शताब्दीतिरबाट त मानसिक आक्रमण समेत गरी यो पूर्ण सभ्यता नष्ट गर्ने प्रयास भइरहेको अवस्थामा यी अज्ञानी विकाशसिल सभ्यताका प्राणीहरूलाई दोष लगाउन त छोडे मैले। अब यी विकासशिल सभ्यताका(भौतिकवादि)मान्छे आउने पनि यही नै हो, किनकि पूर्ण सभ्यता यही छ,खोजि त पूर्ण कै हो, पूर्णमा पुग्ने विधि अध्यात्म हो। अध्यात्मको जननी स्वयं शिवको तपोभूमि यही हो। वैद्धिक सनातन धर्म को आधार "वेद" "पुराण"का संकलक कष्ण द्धापायन वेदव्यास को जन्म भूमि हो, यो गौरवमय पूर्ण सभ्यतालाई यी अन्य विकाससिल सभ्यताले बुझ्नै सकेनन् र आफूले मान्ने जस्तै होला भनेर धर्म (हिन्दु) बनाइदिए , जस्तो दृष्टि उस्तै सृष्टि | हामीलाई त कुनै प्रचार गर्नु थिएन र छैन किनकि बजारमा नक्कली पैसा बढी आउँछ। सक्कली सबैले आफूसँगै राखेझै | अहिले नक्कलीहरूको तमासा छ बजारमा तर नक्कली त कसले रोज्छ र थाहा नपाएर पो लिएको त सधैँ नक्कली नै बोक्छु भन्यो भने त कानुनले (भगवानले) नि कसो दण्डित नगर्ला |
भौतिकवादले ( विकासशिल सभ्यता ) सिकाएको 1st हुनुपर्ने मानसिकताले गर्दा, वर्तमान विश्व भूराजनीतिमा देखिएको द्वन्द को कारण मानव सभ्यताकै अस्तित्व मेटिने खतरा छ। मनुष्य (मन+ईश्वर =मनुष्य) त विवेकशील प्राणी हो आफ्नो अस्तित्व त बचाई हाल्छ, ढिलो चाँडो मात्रै हो। मानव सभ्यता बचाउने एउटै मात्र विकल्प अध्यात्म नै हो । हामी अध्यात्मको मुहानबासी, अब संसारलाई दिशा दिने, सत्मार्ग देखाउने सभ्यता हाम्रो, हामी यो गौरव र शान धारणा गर्ने कि नगर्ने ?
मानव सभ्यताले जतिसुकै भौतिक विकास गरेपनि समाजमा रहेका विभिन्न जात ,वर्ग, सम्प्रदाय र स्थानका आधारमा समाज विभाजित भइ नै हाल्छ। अझ हाम्रो यस्ताे जटिल सामाजिक संरचना भएको समाजमा विभाजन हुने नै भयो। "ठूलो माछाले सानो माछालाई खाने यो मानवीय स्वभावका" कारण हाम्रो जस्तो जटिल भूराजनीतिक स्थानमा अवस्थित मुलुकमा हाम्रो एकता नै हाम्रो शक्ति हो। राष्ट्रिय एकताको मेरुदण्ड हो हाम्रो धर्म । धर्मले( वैद्धिक सनातन)राष्ट्रिय एकता बलियो बनाउँछ।
झण्डै दुई अरब वैद्धिक सनातनी ( हिन्दु , बुद्धिस्ट) भएको विश्व मा हाम्रो अस्तित्व २ % नी छैन | विश्वमा बढ्दै गइरहेको वैदिक सनातनी धर्मका व्यक्तित्वहरूको वर्चस्व र यिनीहरूले विश्व बजारमा पार्ने जबरजस्त प्रभावको कारण, गैर नेपाली सनातनीहरूको सदासयता र आस्थाको कारण पनि चिरकालसम्म नेपालको अस्तित्व रहिरहनेछ। जसरी वरिपरि इस्लामिक राज्यले घेरिएर पनि, इजरायलले आफ्नो देशलाई यहूदी धर्म को पहिचान बनाएकोले संसारभरिका यहुदीहरुले आफ्नो धर्मको देश बचाइरहेको र बचाउन हर क्षेत्रबाट सहयोग गरेझै, नेपाललाई पनि संसारभरका हिन्दू सनातनीहरूले हाम्रो (आफ्नो) अस्तित्व रक्षाको लागि आवश्यक सहयाेग गरिरहनेछन् | तसर्थ २% सनातनी हामीले संसारभरका ९८ प्रतिशत गैर नेपालीहरूको समेत ताज पहिरिन पाउने यो सौभाग्य धारण गर्ने कि नगर्ने ?
भौतिकवादकाे कारण १st हुने होडबाजी ले देखिएको विश्व भूराजनीतिक द्वन्द, A I विकास सँगसँगै मान्छेको अस्तित्व संकट को चेतावनी र गर्भ भित्रै देखि Mobile (सामाजिक सन्जाल ) बोकेर जन्मिएका , हुर्किएका लालावाला ,यो माहारोग( Reels,shorts डुब्ने )ले निम्त्याउने निकट भविष्यको महामारी, यी मानवताको अस्तित्व नै संकटमा पार्ने विश्व विनाश हुने यी ३ कारणहरूबाट बच्न सम्पूर्ण मानव सभ्यता अध्यात्मको खोजी गर्दै यस भूमि आइपुग्छन । यो गौरव धारण गर्ने कि नगर्ने ?

 म यो  धर्म मा जन्मिएर को  कारण हिन्दू अधिराज्य हुनुपर्छ भनिरहेको छैन। किनकि हिन्दू कुनै धर्म नै होइन,यो त पूर्ण सभ्यता पो रहेछ। यसकारण हिन्दू अधिराज्यको पक्षमा

Coin Marketplace

STEEM 0.05
TRX 0.33
JST 0.076
BTC 63554.75
ETH 1772.92
USDT 1.00
SBD 0.47